अर्घाखाँची, असार २७ – विषालु च्याउ खाँदा अर्घाखाँचीको धनचौरमा चार जना बालिका सिकिस्त बिरामी परेका छन् ।
जंगलबाट ल्याएको विषालु च्याउ खाँदा धनचौर–१ का प्रदीप जिसीका ८ वर्षकी छोरी अस्मीता जिसी र ६ वर्षका छोरा युवा जिसी तथा जुद्धबहादुर जिसीका ८ वर्षकी छोरी गीता जिसि र ५ वर्षकी सुस्मीता जिसी सिकिस्त बिरामी परेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।
सिकीस्त बिरमी परेका चारै जना बालिकाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटबलको अञ्चल अस्पताल रिफर गरिएको प्रहरीको भनाई छ ।रासस
प्रतिक्रिया दिनुहोस्