0 COMMENTS

( ब्यबस्थापिका संसद बिकाश समिति का सभापति माननीय रबिन्द्र अधिकारी संग पुन्यराज पुडासैनी र आशीष श्रेष्ठ ले लिएको अन्तर्बार्ता )

प्रश्न : नेपाल को बिकाश को गति कस्तो छ ?

उत्तर : नेपाल को बिकाश को बिकाश को गति एकदमै धीमा छ | नेपाल बिकाशमा किन पछाड़ी पर्यो भनेर सोच्नु पर्ने अबस्थामा हामी छौ | यसमा तिन चार वटा कुराहरु महत्वपूर्ण कारण हरु छन| पहिलो त सासन ब्यबस्था हो भने अर्को कारण भनेको राजनितिक दलहरु र टी दलहरुको सोच पनी हो | सधै नेपालका राजनितिक दलहरुले स्वतंत्रता र राजनितिक मगहरु मात्रै प्राथमिकता मा राखे |

उनीहरूले बिकाश का बारेमा सोचतै सोचेनन | त्याग , समर्पण , जेल र राजनितिक लड़ाई मात्रै मुख्य उदेश्य बनाए | राजनीती समृधि का लागी , बिकाश र सामाजिक न्याय का लगी भन्ने कुरा बाट अगाड़ी जान सकेनन | जसले गर्दा रानाकलिन र पंचायती मानसिकता ले पनी बिकाश गर्न सकेन भने अर्को प्रतिपक्ष मानसिकता ले पनी बिकाश हुन सकेन | प्रजातंत्र आयो तर लामो समय जान सकेन तेसलाई राजले प्रतिगमन गरे र अहिले गणतंत्र आइसक्यो र पनी संक्रमण काल सकिएको छैन |अहिले राजनितिक दलहरु बिकाश त भानिरहेका छन तर शब्दमा मात्रै अब बास्तबिक बिकाश खोज्नु पर्ने बेला आएको छ |

प्रश्न : अहिले जनता बिकाश को फड्को मार्न चाहिराहेका छन , तपाईलाइ जिताउने जनता पनी तेहि खोजी रहेका छन तर पनी यो बिकाशको गति किन सुस्त छ ? उत्तर : हामी त खुद्रे बिकाश मा अल्झियौनी , बिकाश भनेको सानो धारो , बिजुलीको खम्बा स्कूल को छानो चौतारो भन्ने मात्रै बुझ्यौ |मुलुकको समग्र बिकाश तीर ध्यान नै गाएननी | हाम्रो बस्ताबिक ध्यान उपलब्ध स्रोत र साधन कसरी प्रयोग गर्न सकिन्छ | मुख्य पुर्बाधार कसरी बिकाश गर्न सकिन्छ तेता तीर जणू पर्ने हो | जस्तो निजगढ़ बिमानस्थल , पोखरा बिमानस्थल, द्रुतमार्ग जस्ता कामहरु जसलाई हामीले गौरबका योजना भन्यौ तर ति तेसे थान्कियेका छन | राजधानी काठमाण्डौ लाइ ब्याबस्थित बनाउन सकिएको छैन | २२ बर्ष देखि मेलंची आउला भनेर काठमाण्डौ बासी आस मा छन | देशका शासक प्रसासक सबै एही बस्छ्न तर खाई तेता तीर ध्यान ? अब बिकाश को रणनीति , मोडेल र योजना बनाउनु पर्ने खाचो छ | केही योजना त बने तर तेसलाई कार्यान्वयन गर्ने कोही भएन सरकार र सम्बंधित पक्ष पनी आफ्नै मात्रै सोचे | एस्तो दीर्घकालीन काम गर्दा जनताले तत्काल देख्दैन तेसैले २ ४ सय मीटर पाइप , २ ४ बण्डल जस्ता , सनोतिनो बाटो तीर मात्रै निति निर्माता र जनता का प्रतिनिधि ले ध्यान दिए | तेसैले अब समग्र बिकाशतिर हाम्रो ध्यान जणू पर्दछ | नया सहर निर्माण , संरचना निर्माण जसले रोजगारी को अबसर प्रदान गरोस तेस्तो बिकाश लाइ प्राथमिकता दिनु पर्दछ | अब नेपालको बिभिधता लाइ बिकाशले मात्रै जोडन सक्दछ | न जाती भाषा ले जोडन सक्दछ न कुराले अब बिकाशले मात्रै त्यों सम्भब छ |

प्रश्न : तपाई ले अहिले भनेका कुरा सामान्य नागरिक देखि उच्च तह सम्म सबैलाई थाहा छ तर पनी किन बिकाश भा छैन ?

उत्तर : हैन हैन थाहा छैन | बिकाश भन्ने शब्द थाहा छ तर बिकाशको बस्ताबिक अर्थ थाहा छैन | न पहिलका न अहिलेका प्रधानमंत्री लाइ समेत यो थाहा छैन | केही केही ले प्रयास त गरे तर नेपालको मौलिक बिकाश को अबधाराना बनाउन सकेनन | उनिहरु सनातिना कुरामै धेरै अल्झिराहेका छन | बिकाशको रणनीतिक योजना बनाउने इच्छा देखिएको छैन | हामीले गौरबका योजना भनेका कति पूरा हुदैनन पूरा भएका पनी समयमा हुदैनन केही दुइगुना खर्च लगाएर हुन्छन | प्रश्न : किन यस्तो भैरा छ त ? उत्तर : यस मा सबै भन्दा ठुलो हाम्रो दृष्टीकोण हो | अर्को जग्गा हो | हाम्रो देशमा बिकाश गर्दा सधै जग्गा अधिग्रहण समस्या छ | मा जापान गएर त्याहाका बिशेसग्य संग कुरा गर्दा यो समस्या समाधान गर्न उहाहरूले सुरुंग निर्माण को अबधारना अगाड़ी सार्नुभो जसले तेसमा उहाहरुलाई बिशेसग्यता हासिल भो | हाम्रो देशमा त ५ मीटर पनी सुरुंग छैन | हामीले बिकाश समिति मार्फत धेरै खोज खंतर गरिसके पछि बल्ल नौबिसे काठमाण्डौ सुरुंग सुरु हुदैछ | हाम्रो अर्को सबैभन्दा ठुलो समस्या भनेको सार्बजनिक खरीद ऐन र तेस्को प्राबधान हो जसलाई हामीले संसोधन गर्न सकेका छैनौ |यसलाई बल्ल १० दिनको समय दिएर संसोधन मा पठायका छौ | अर्को समस्या भनेको खुद्रे बिकाश हो | १० अर्ब रुपैया बराबर को ५० हजार का योजना रास्ट्रीय योजना आयोगले बाडेको छ | योजना आयोग , अर्थ मंत्रालय र बिकाशे अड्डा बिच समन्वय छैन | हाम्रा कर्मचारी हरु औपचारिक ता मा कम गर्छन | ठेकेदार नाफा मात्रै हेर्ने गर्दा पनी कम गुणस्तर युक्त बनेको छैन |

प्रश्न : तर कमसल कम हनुमा ठेकेदारले राजनितिक दललाई दिने चंदा पनी कारक हो नि ?

उत्तर : ए बाबा त्यसलाई त छुटाउनु पर्यो नि र तेसका लगी राजनितिक इच्छा शक्ति सबैभन्दा महत्वपूर्ण कुरा हो | आज इच्छा शक्ति , दृष्टीकोण र सहस भएको नेतृत्व आबस्यक छ | अब परम्परागत सोच राख्ने नेतृत्व लाइ सम्मान गर्दै बिकाश को दृष्टी कोण भएको नेतृत्व लाइ अबसर दिनुपर्दछ | प्रश्न : यहाले हाम्रो यो बिकाश को मोडेल नै परिबर्तन गर्नु पर्ने आबस्यकता देख्नुभाको हो ? उत्तर : हामी यसको गम्भीर गृहकार्य र बहसमा छौ | योजना आयोगको संरचना , योजना छनोट को तरिका र कार्यान्वयन का बारेमा पनी छलफल मा छौ | हामी असल सासन भएको प्रजातान्त्रिक अबधारना को बिकाश गर्ने तयारी मा छौ | जसलाई उच्च मनोबल चाहिन्छ | प्रश्न : अहिले जनता देखि निति निर्माता सम्म कानून मन्दैनन किन ? उत्तर : बिडम्बना संक्रमण काल का नाममा यो छुट दिदै आइएको छ |

प्रश्न : अब शिक्षा को कुरा गरौ अहिले को प्रणाली बाट उत्पादित जनशक्ति तपाई ले कल्पना गरेको बिकाशलाई चाहिने छ र त्यों आबस्यकता पूरा गर्छ ?

उत्तर : पूरा गर्दैन | हाम्रो त यो ईस्ट इंडिया कंपनी मा क्लर्क को जागीर खान बनाएको प्रणाली हो | अब शिक्षा उत्पादन संग जोदिनु पर्ने छ र बिकाश को मोडेल अनुसार को शैक्षिक प्रणाली को बिकाश गर्नु पर्दा छ | मान्छेको जागीरे मानसिकता हटाउने शिक्षा आबस्यक छ | अर्को कालो पाटो भनेको श्रम र प्रतिभा पलायनको छ | मुलुक चिन्ने शैक्षिक प्रणाली आबस्यक छ जून सकारात्मक सोच र कामले मात्रै संभब छ | अब गन्थन गरेर बस्ने राजनितिक नेतृत्व बिस्थापित बन्छ र बिकशप्रेमी नेतृत्व स्थापित हुन्छ | हामी नबद्लिकन देश बद्लिदैन |

प्रश्न : माघ ८ मा संबिधान बन्छ ?

उत्तर : नबइकन बिकल्प नै छैन | अब सहमति वा प्रकृया जून सुकै माध्यम बाट भए पनी संबिधान बन्छ |साभार एजुकेसन रेज डट कम

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।